रेडियो गौशाला , १०२७ पटक हेरिएको
जनकपुरधाम- मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सीता र रामको विवाह महोत्सवको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन् ।
त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती आउने गरेका छन् ।
प्रकाशित मिति: २०२२-११-२८ , समय : ०७:५३:२० , २ वर्ष अगाडि