बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने ।।

रेडियाे गाैशाला , १९०१  पटक हेरिएको

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने भएको छ । बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीसँगको भेटमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले यस विषयको जानकारी गराउनुभएको हो । भेटमा प्रधानमन्त्री हसिनाले सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली किन्ने तयारी गरिसकेको र त्यसै क्रममा नेपालसँग ५० मेगावाट बिजुली किन्ने जानकारी गराउनुभएको हो । शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १०:२५:१० , २ वर्ष अगाडि