नेवार समुदायले आज म्ह पूजा र नेपाल सम्वतको नयाँ वर्ष मनाउँदै ।।

रेडियाे गाैशाला , ११३३  पटक हेरिएको

नेवार समुदायले आज म्ह पूजा र नेपाल सम्वतको नयाँ वर्ष मनाउँदैछन् । हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बी नेवार समुदायले आफूले आफैलाई पूजा गरि सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् । परिवारका सबै सदस्य एकै ठाउँमा बसेर आ–आफ्नो पूजा गर्ने गरिन्छ । म्ह पूजामा हरेक ब्यक्तिका लागि बेग्लाबेग्लै मण्डल बनाइएको हुन्छ । बनाइएको ठाउँमा आफूले आफ्नै पूजा गर्ने गरिन्छ । नेपाल भाषामा म्ह को अर्थ शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफुले आफैँलाई आरधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्नु यो पर्वको मान्यता रहेको छ । व्यक्तिको शरीरभन्दा ठूलो अर्को कुनै देवता वा शक्ति छैन भन्ने हिसाबले पनि म्ह पूजालाई लिन सकिने र यो संसारकै परम्पराहरूमध्ये विशिष्ट र वैज्ञानिक पनि रहेको लोक जीवन तथा साहित्यका अध्येताहरु बताउँछन् । आजैबाट नेपाल सम्वतको नयाँ वर्ष अर्थात ११४३ सुरु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १०:१५:५२ , २ वर्ष अगाडि