रेडियो गौशाला , १३३६ पटक हेरिएको
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका छन् ।
लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठको ५ हजार ९३५ मत आएको छ ।
लामिछानेले प्रतिस्पर्धी दुई उम्मेद्वारले ल्याएको कुल मतभन्दा पनि धेरै मत ल्याएका छन् । चितवन–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन् । ढकालले १४ हजार २९९ मत ल्याउँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ र एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत ल्याएका छन् । चितवन–३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा छन् ।
चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे १० हजार ६३२ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालको ६ हजार ६७२ र सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा.भोजराज अधिकारीको ६ हजार ५०३ मत आएको छ । एमालेले समर्थन गरेको कांग्रेसका केन्द्रीय सदस्य रहँदा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरलाको चार हजार ३११ मत आएको छ ।
प्रकाशित मिति: २०२२-११-२३ , समय : ०८:२१:५३ , २ वर्ष अगाडि