रेडियो गौशाला , ९३२ पटक हेरिएको
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ मा स्थानीयको कुटाइबाट एमाले निकट विद्यार्थी नेताको मृत्यु भएको छ ।
आइतबार साँझ स्थानीयको कुटाइबाट अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन् ।
आइतबार आइतबार साँझ अर्का स्थानीय युवा सञ्जीव अयडीलाई गोली लागेर मृत्यु भएपनि आक्रोशित स्थानीयले चेतनलाई कुटपिट गरेका थिए ।
कुटाइबाट शक्त घाइते भएको चेतनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
‘कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको हो,’ अधिकारीले भने ।
उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको अधिकारीले बताएका छन् । उता एमाले कार्यकर्ताहरुले भने राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि कुटपिट गरि ज्यान लिएको दावी गरेको छ ।
प्रकाशित मिति: २०२२-११-२१ , समय : ०९:३१:०५ , २ वर्ष अगाडि