रेडियो गौशाला , १०९८ पटक हेरिएको
एजेन्सी । कतारमा सुरु भएको विश्वकप फुटबलको पहिलो खेलमा इक्वेडर विजयी भएको छ।
इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि निर्णाय बने ।
इक्वेडरका भ्यालेन्सियाले पहिलो गोल खेलको १६ औं मिनेटमा पेनाल्टी सुटआउटमा गरेका थिए ।
उनले दोस्रो गोल खेलको ३१ औं मिनेटमा गरे ।
अहिलेसम्म विश्वकपको पहिलो खेलमा पहिलो गोल पेनाल्टीबाट भएको यो पहिलो पटक हो ।
त्यस्तै, विश्वकप फुटबलमा इक्वेडरका लागि अन्तिम पाँच गोल भ्यालेन्सियाले नै गरेका छन् । यसअघि पोर्चुगलका युसेयिबो, इटालीका पाओलो रोस्सी, रुसका ओलेग सालेन्कोले आआफ्नो देशका लागि विश्वकपमा लगातार ६ गोल गरेर रेकर्ड बनाएका छन् । अब भ्यालेन्सियाले अर्को खेलमा इक्वेडरको पहिलो गोल गरेमा उनी यही रेकर्डको समान हुनेछन् ।
प्रकाशित मिति: २०२२-११-२१ , समय : ०७:४३:५६ , २ वर्ष अगाडि