रेडियो गौशाला , ८४१ पटक हेरिएको
धनुषा – धनुषाका चार वटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयाे ।
उहाँले सबै मतगणना स्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको बताउनुभयाे । यस्तै, मतगणनाको लट–लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको उहाँकाे भनाइ छ ।
प्रकाशित मिति: २०२२-११-२१ , समय : ०७:३३:१९ , २ वर्ष अगाडि