रेडियो गौशाला , २०६४ पटक हेरिएको
काठमाडाैं- दिल्ली विधानसभा चुनावको चहलपहल तीव्र बन्दै गएको छ। यसै क्रममा आम आदमी पार्टीले नयाँ दिल्ली विधानसभा क्षेत्रबाट भाजपा उम्मेदवार प्रवेश वर्माका समर्थकहरूले अरविन्द केजरीवालमाथि हमला गरेको आरोप लगाएका छन्।
नयाँ दिल्ली विधानसभा क्षेत्रमा प्रचारका क्रममा केजरीवालमाथि ढुंगामुढा गरिएको आपले जनाएको छ।
अर्कोतर्फ, भाजपा नेता प्रवेश वर्माले भने उल्टो दाबी गरेका छन्। अरविन्द केजरीवालले आफ्ना समर्थकमाथि गाडी चढाएका वर्माले बताएका छन्। ‘गाडी चढाउँदा भाजपा कार्यकर्ताको खुट्टामा चोट लागेको छ’, वर्माले भने, ‘म कार्यकर्तालाई हेर्न अस्पताल जाँदैछु।’
हारको डरले तर्सिएको छ भाजपा- आप
यस विषयमा आम आदमी पार्टीले आफ्नो एक्स ह्यान्डलमा लेखेको छ, ‘हारको डरले बौलाएको भाजपा। आफ्ना गुण्डाहरूलाई अरविन्द केजरीवालमाथि हमला गर्न लगायो। भाजपा उम्मेदवार प्रवेश वर्माका गुण्डाहरूले चुनाव प्रचारका क्रममा अरविन्द केजरीवालमाथि इँटा-ढुंगाले हमला गरी उनलाई चोट पुर्याउने काम गरे।’
भाजपाका यस्ता आक्रमणले केजरीवाल नडराउने आपको टिप्पणी छ ।
प्रकाशित मिति: २०२५-०१-१८ , समय : १९:२७:४६ , ३ हप्ता अगाडि