प्रधानमन्त्रीले दिए केन्द्रीय सदस्य राजकरण महतोलाई बधाई र शुभकामना

रेडियो गौशाला , ४६४  पटक हेरिएको

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

भुइँमान्छेका आवाजलाई प्रधानमन्त्रीको सम्मान : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई सफल कार्याकालका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार शुभकामना तथा बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओली ।

सात दशको नेपाल पत्रकार महासंघको ईतिहासमा महोत्तरी जिल्लाबाट केन्द्रीय सदस्यमा पत्रकार महतो निर्वाचित भएसंगै महोत्तरीले पहिलोपटक केन्द्रमा प्रतिनिधित्व पाएको थियो ।

१५ वर्षदेखि पत्रकार महतो महोत्तरीको बर्दिबासबाट पत्रकारी सुरु गरेका थिए । उनी पत्रकारीका माध्यमबाट आवाजविहिनीहरुको सवाललाई बुलन्द पार्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई र शुभकामना दिन बालुवाटर बोलाएका थिए ।

प्रकाशित मिति: २०२५-०१-१३ , समय : २०:३७:२६ , १९ घन्टा अगाडि