रेडियो गौशाला , ३५१ पटक हेरिएको
महोत्तरी- सरकारले ५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।
भूमि आयोगका जिल्ला अध्यक्षमा बर्दिवास नगरपालिका ८ बस्ने पिताम्वर महतोलाई नियूक्त गरिएको छ । सत्तारुढ दल काङ्ग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराएका हुन ।
कोशी प्रदेशका १०, मधेसका ६, बागमतीका ८,गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरिएको हो ।
अब तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुरमा अध्यक्ष नियुक्त हुन बाँकी छ ।
प्रकाशित मिति: २०२५-०१-१३ , समय : १९:१०:०९ , २१ घन्टा अगाडि