धर्म र नाम परिवर्तन गरेर लुकेको हत्याका अभियुक्त पक्राउ

रेडियो गौशाला , ६४७  पटक हेरिएको

जनकपुरधाम – सर्लाहीमा प्रहरीले हत्याका अभियुक्तलाई फरार भएको ४० वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका ९ का ५६ वर्षीय राजु सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार साँझ करिब ६ बजेको समयमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिंहलाई पक्राउ गरिएको हो।

प्रवक्ता श्रेष्ठका अनुसार सिंह कर्तव्य ज्यान मुद्दामा ४० वर्षदेखि फरार रही सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरमा धर्म र नाम परिवर्तन गरी लुकीछिपी बसेका थिए।

पक्राउ परेका सिंहलाई आइतबार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : २१:५१:५० , ४ दिन अगाडि