सूचनाको हक सम्बन्धि राष्ट्रिय महासंघ महोत्तरीको प्रथम बैठक सम्पन्न

रेडियो गौशाला , १९१  पटक हेरिएको

गौशाला- सूचनाको हक सम्बन्धि राष्ट्रिय महासंघ महोत्तरीको प्रथम बैठक सम्पन्न भएको छ।

रामगोपालपुर वडा-४ स्थित सामुदायिक भवनमा जिल्ला अध्यक्ष धर्वेन्द्र कुमार यादवको अध्यक्षतामा र महासंघका प्रदेश उपाध्यक्ष राकेश कुमार चौधरीको प्रमुख आतिथिमा सप्पन्न भएको हो ।

बैठकले सूचनाको हकलाई प्रभावकारी बनाउने,समिति बिस्तार लगायतका प्रस्ताव माथी बृहत छलफल गरि निर्णय गरिएको अध्यक्ष यादवले बताए।

प्रकाशित मिति: २०२५-०१-११ , समय : २१:१३:४१ , ३ घन्टा अगाडि