रेडियो गौशाला , १०९३ पटक हेरिएको
पोखरा । सुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा हालसम्म लामिछानेसहित ६ जनाको बयान सकिएको हो । आज प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो ।
आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने बताईएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।
प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
प्रकाशित मिति: २०२४-१२-३१ , समय : १५:०२:५६ , ३ दिन अगाडि