स्कुलमा फेरि बमको धम्की

रेडियो गौशाला , ५८४  पटक हेरिएको

नयाँ दिल्ली- दिल्लीमा एकपटक फेरि बमले स्कुललाई उडाइदिने धम्की आएको छ । बिहान ५ः०२ बजे द्वारका सेक्टर ३ स्थित डीपीएस स्कुलमा बम राखेको धम्की आएको थियो ।

खबर पाएलगत्तै स्थानीय प्रहरी, बम डिस्पोजल टोली र दमकल घटनास्थलमा पुगेको थियो । विद्यालयको हरेक कुनामा खोज्दा पनि कुनै विस्फोटक पदार्थ फेला परेन । पछि उक्त सूचनालाई झुटो घोषित गरिएको थियो ।

यसैबिच राति ८ः ०७ बजे राफ्ता मोड जाफरपुर कलानस्थित न्यू कृष्णा मोडल पब्लिक स्कुलमा बम राखेको खबर प्राप्त भएको दमकल अधिकारीले बताए । प्रहरी टोलीले त्यहाँ अनुसन्धान सुरु गर्यो ।

यहाँ अनुसन्धान चलिरहेका बेला बिहान ८ः ३९ बजे बाहिरी दिल्लीको पश्चिम विहारस्थित विशाल भारती पब्लिक स्कुलमा बम विस्फोटको धम्की आएको जानकारी प्रहरीले पायो ।

प्रहरी, बम डिस्पोजल टोली र दमकलले विद्यालयमा व्यापक खोजी सुरु गर्‍यो । तर कतै पनि शङ्कास्पद वस्तु भेटिएन । यसअघि पनि बेला बेलामा दिल्लीका विद्यालयमा बम राखिएको धम्की आएका थिए ।

डिसेम्बर ९ मा पनि दिल्लीका ४० भन्दा बढी विद्यालयमा बमको धम्की आएको थियो । अनुसन्धानका क्रममा प्रहरीले शङ्कास्पद वस्तु भने केही पनि फेला पारेन । यसपटक धम्कीपूर्ण मेल पठाउनेले बम विस्फोट रोक्न ३० हजार डलर मागेको थियो ।

प्रकाशित मिति: २०२४-१२-२० , समय : १७:१९:३६ , १ दिन अगाडि