रेडियो गौशाला , १२७२ पटक हेरिएको
सर्लाही – सर्लाहीको बाग्मती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ ।
बाग्मती नगरपालिका–२ धरहरामा रहेको जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीयवासी, सामाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न शुरू गरेका हुन् ।
विद्यालयले गएको मङ्सिर १ गतेदेखि ‘बृहत् श्री जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षय कोष’ स्थापना गरेको हो । एक महिनामा अक्षय कोषमा एक लाख ३० हजार पाँच सय रुपैयाँ सङ्कलन भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिनुभयो ।
आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले समाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गरिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: २०२४-१२-१७ , समय : १८:४०:५३ , ४ दिन अगाडि