मधेशका मुख्यमन्त्री भन्छन् : भ्रष्टाचारीलाई आजीवन जेल हाल्नुपर्छ

रेडियो गौशाला , ४८५  पटक हेरिएको

जनकपुरधाम- भ्रष्टाचार गर्नेलाई आजीवन जेल हाल्नुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुझाव दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्मको जेल सजाय बढाएर आजीवन बनाउनुपर्ने धारणा राखे।

भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको पनि उनको भनाइ थियो। राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलासी जीवनशैली जिउन पाउँदा भ्रष्टाचारले प्रश्रय पाइरहेको उनले बताए।

मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलक वृद्धि गरेर भ्रष्टार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी पनि गरे।

प्रकाशित मिति: २०२४-१२-१६ , समय : २१:०२:५६ , ६ दिन अगाडि