महोत्तरीमा बस पल्टदा २२ जना घाइते

रेडियो गौशाला , ८०८  पटक हेरिएको

गौशाला- महोत्तरीको जनकपुर– भिठामोड सडक खण्ड अन्तरगत जलेश्वर नगरपालिका वडा ३ रातोपुलमा आइतबार बस पल्टिँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि जनकपुर पठाइएको छ ।

भिठामोड सीमानाकाबाट जनकपुरको लागि आइतबारदिउँसो हिडेको ना ४ ख १०९६ नम्बरको बस जलेश्वर रातोपुलमा पल्टिँदा उनिहरु यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घाइतेहरुमध्ये १५ जना भारतीय नागरिक रहेको बताईएको छ ।

चालकले मदिरा सेवन गरेको कारणले बस पल्टिएको बसमा सवार यात्रुहरुको भनाइ रहेको छ । प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराइरहेका यात्रुको भनाई अनुसार चालकले मदिरा सेवन गरेकाले बस पल्टिएको हो ।

घाइतेहरुमध्ये भारत सीतामढी निवासी सविता यादव तथा कोमल राउतको टाउकोमा चोट लागेकाले उनिहरुलाई थप उपचारका लागि जनकपुर पठाइएको छ । घाइतेमध्ये अधिकांशको हात, खुट्टा, अनुहारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बस पल्टिँदा भारत सीतामढी जिल्लाको हनुमाननगर, विहारका अजय कापर, जगतारण देवी, भारत चम्पारणका राजेन्द्र बहादुर, सरोज महतो, सितामढी पठनपुराका विनिता देवी, अभदेष साह, अंकुरा साह, मयंक साह, सीतामढी पुनौराका मोहन राम, सीतामढी हनुमाननगरका चन्द्रकला देवी, गणेशी पासवान, भिठामोडका सिराजुल राइन घाइते छन् ।

त्यस्तै, जनकपुर –८ बस्ने सलोनी पाण्डेय, जनकपुर –१ बस्ने नसिमा खातुन, जलेश्वर –१२ का मोमिन राजा, लोहारपट्टी महोत्तरीका समरु खातुन, नाजति खातुन, महोत्तरी –४ का अरमान पासमानलगायत घाइते छन् । घाइतेलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वरबाट गएका एम्बुलेन्सले उपचारका लागि अस्पताल ल्याएको थियो ।

प्रकाशित मिति: २०२४-१२-१५ , समय : २०:२९:४६ , ७ दिन अगाडि