रेडियो गौशाला , ७२७ पटक हेरिएको
सर्लाही- लालबन्दी नगरपालिकाले भोली सोमबार नगरभर शोक बिदा दिएको छ ।
वडा नं. ३ जब्दीका वडा सदस्य जोधन ठाकुर हजामको निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिका कार्यालयले भोली एक दिनका लागि शोक बिदा दिने घोषणा गरेको हो । नगरप्रमुख बासुदेव अधिकारीले आज एक सूचना जारी गरी वडा सदस्य हजामको निधनप्रति दुःख व्यक्त गर्दै भोली शोक बिदा दिइएको जानकारी गराएका छन् ।
उक्त सूचनामा भोली लालबन्दी नगरपालिकाको कार्यालय, १७ वटै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थासहित नगरपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित ७२ वर्षीय वडा सदस्य हजामको दुवै मृगौलाले काम गर्न छाडेको थियो । उनको आज बिहान जब्दीस्थित आफ्नै घरमा निधन भएको लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-१२-१५ , समय : २०:२३:०३ , ६ दिन अगाडि