मधेश प्रदेश अध्यक्षमा झासहित ३ जनाको उम्मेदवारी

रेडियो गौशाला , ९५७  पटक हेरिएको

गौशाला- नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति अध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । आसन्न मंसिर २८ गते हुने निर्वाचनमा सोमबार सप्तरीका अबधेश कुमार झासहित ३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रेस मञ्च नेपालका महासचिव समेत रहेका झाले प्रेस मञ्च नेपाल, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त गठबन्धनबाट उम्मेदवारी दिएको प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले जानकारी दिए ।

यसैगरी नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त गठबन्धनबाट श्याम बन्जारा र नबलकिशोर यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी खुल्ला उपाध्यक्षमा समाजवादी प्रेस संगठनकी केन्द्रीय सदस्य समेत रहेका सप्तरीकी अम्बिका दाहालले मञ्च, सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी छिन भने उपेन्द्र कुमार यादव,जयनारायण प्रसाद यादव, विश्वनाथ ठाकुर सहित ४ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी १ महिला उपाध्यक्ष पदका लागि मञ्च, सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त गठबन्धनबाट प्रेस सेन्टरकी हेम कुमारी बरालले उम्मेदवारी दिएकी छिन् भने रिंकु कुमारी दास र ज्वोती झा गरि ३ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी महासचिवमा शैलेन्द्र महतो क्रान्ति र राजन कुमार सिंहले उम्मेदवारी दिएका छन् भने सचिबमा राम हृदय यादव, सत्यनारायण यादव,गिरीराज ओली,दिपक कुमार गौतम र नवीन कुमार नबल गरि ५ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी समाबेशी सचिबमा दिपक कुमार मिश्र,जयन्त ठाकुर,हदिस खुदार र राकेश गुप्ता गरि ४ जनाले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अकुल प्रसाद साह, शिव कुमार साह र अनिल गौतम गरि तीन जनाको उम्मेदवारी परेका छन् ।

यसैगरी ५ खुला खुल्ला सदस्यका लागि त्रिलोकीनाथ यादव,मिथुन साह,युवराज खडका,शैलेन्द्र झा,नवीन मिश्रा प्रियदर्शी, अजय कुमार साह,मुसहरु एम.महतो र संजिव कुमार मिश्रा गरी ८ जनाको उम्मेदवारी परेको छ । यस्तै ३ महिला सदस्यका लागि प्रतिभा झा,सुनिता कुमारी महतो,सविता चालिसे,सविता अर्याल गरि ४ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी १ दलित सदस्यका लागी विनोद परियार र रामएकवल महराको उम्मेदवारी परेको छ भने २ आदिवासी जनजाति सदस्यका लागि सुरेन्द्र कुमार राय,हरिभक्त लामा,प्रकाश श्रेष्ठ, जियालाल चौधरी र बसन्त लामा गरि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै २मधेसी सदस्यका लागि नवीन सिंह,बृजमोहन कुशवाहा,जीवनारायण झा,रामभरोसी यादव गरि ४ जनाले उम्मेदवारी दिएका छन् भने १ अल्पसंख्यक सदस्यका लागि अनवर अहमद र सागिर मंसुरले उम्मेदवारी दिएको निर्वाचन संयोजक राम भरत साहले जानकारी दिए ।

सात पदाधिकारी १४ सदस्य गरी २१ पदका लागि ४९ जनाको उम्मेदवारी परेको उनलेे जानकारी दिए ।

प्रकाशित मिति: २०२४-१२-१० , समय : ०८:४२:५७ , २ हप्ता अगाडि