रेडियो गौशाला , ८४२ पटक हेरिएको
गौशाला- सर्लाहीमा आफ्नै आमाको हत्या आरोपमा छोरालाई पक्राउ परेका छन्।
सर्लाहीको विष्णु गाउँपालिका-६ सिमरा बस्ने ६५ वर्षीया फुलकुमारी देवीको हत्या गरेको अभियोगमा आफ्नै छोरा ३२ वर्षीय भगलु मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
घरायसी बिवादको क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी फुल कुमारीलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-१२-१० , समय : ०८:३९:१६ , १ महिना अगाडि