रेडियो गौशाला , ९६६ पटक हेरिएको
काठमाडौँ- बिहेको हल्लाबिच अभिनेता पल शाहले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले खबरमा कुनै सत्यता नरहेको बताएका हुन् ।
शाह र नेकपा एमालेकी विद्यार्थी नेतृबिच विवाह हुने केही दिनदेखि चर्चा चलिरहेको थियो । यसबारे शाहले लेखेका छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस्, यो खबरमा कुनै सत्यता छैन ।’
पल शाह पछिल्लोपटक चलचित्र रावायणमा देखिएका थिए । तर, चलचित्रले बक्स अफिसमा खासै प्रदर्शन गर्न सकेन । हाल उनी म्युजिक भिडियोहरूमा व्यस्त रहेका छन् ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १०:४२:१० , ३ हप्ता अगाडि