जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

रेडियो गौशाला , ४९२  पटक हेरिएको

बर्दिबास- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको सहज जित निकालेको छ ।

जनकपुरले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै आफ्नो प्रभाव कायमै राखेको छ । लगातार तीन खेल जित्ने जनकपुर पहिलो टोली पनि भएको छ।

उता पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार भोग्दै कर्णाली याक्स र विराटनगरकै नतिजालाई पछ्याएको छ ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २०:००:३५ , २ हप्ता अगाडि