Radio Gaushala 93.6 MHz , ३७८ पटक हेरिएको
काठमाडौं- रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले अयोध्यावासीका लागि पूजनीय स्थान जनकपुरधाम रहेको बताएका छन् ।
विवाहपञ्चमीको अवसरमा बिहीबार जनकपुरधाम आइपुग्नुभएका महासचिव रायले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले अयोध्या र जनकपुरधामबीच अटुट सांस्कृतिक सम्बन्ध रहेको पनि बताए । महासचिव रायले लोककल्याणका लागि भगवान विष्णुले रामको रूपमा जन्म लिनुभएको र माता सीता आदिशक्ति भएको बताए ।
‘सीताजीको स्थान भएकाले जनकपुरधाम अयोध्यावासीका लागि अत्यन्तै पूजनीय स्थान हो । त्यस्तै जनकपुरवासीको बहिनी अर्थात सीताको विवाह अयोध्यामा भएकाले पनि दुवै स्थानबीच सांस्कृतिक सम्बन्ध छ’ उनले भने,’हिमाचलमा जन्मिएपछि पार्वती भनियो भने राजा दक्षको घरमा जन्मिँदा सति र राजा जनकको पुत्रिका रूपमा जन्मिएपछि सीता भनियो ।’
यसपटक विवाहपञ्चमी महामहोत्सवमा अयोध्याबाट करिव पाँच सय जना जन्ती जनकपुरधाम आएका छन् ।
प्रकाशित मिति: २०२४-१२-०५ , समय : १९:५८:४३ , २ हप्ता अगाडि