रामगोपालपुर वडा २ उपनिर्वाचन सम्पन्न, १ हजार ५ सय १४ मत खस्यो

रेडियो गौशाला , १२२५  पटक हेरिएको

महोत्तरी –  महोत्तरीको रामगोपालपुर वडा २ उपनिर्वाचन सम्पन्न भएको छ । जसमा १ हजार ५ सय १४ मत खसेको छ ।

रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि आज भइरहेको उपनिर्वाचनमा ५ बजेसम्म जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

रामगोपालपुर नगरपालिका वडा २ माेहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको छ । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत काेईरालाले जनाउनुभयाे ।

उक्त वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् ।

प्रकाशित मिति: २०२४-१२-०१ , समय : १८:२६:५९ , ३ हप्ता अगाडि