गौशालाको विभिन्न ठाउँमा लुटपाट गर्ने समुह १ महिला सहित ६ जना पक्राउ

रेडियो गौशाला , ३३६७  पटक हेरिएको

गौशाला – जिल्लाको विभिन्न ठाउँमा लुटपाट तथा डकैती गर्दै आईरहेका डाकाहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार सार्वजनिक गरेको छ ।

भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा परिवार सहित बसेर पेशेवर रुपमा डकैति तथा लुटपाट गर्ने समुहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले एक महिला सहित ६ जना लाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फरक फरक स्थानमा एउटै समुहले लुटपाट गरेको आरोपमा ६ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । भारत बिहार सितामाढी शिवनगर फुलहटा घर भई महोतरीको गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, सन्जु देवी साह लाई पक्राउ गरिएको छ । दुबै जना श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न सितामाढी जानकीनगरका ५२ वर्षीय रन्धिर साह, सितामाढी विष्णुपुर बस्ने सुधिर भण्डारी, महोतरी गौशाला–९ बिसहरपुरका २८ वर्षीय ललन साह, गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक वैसवारले बताए ।

पक्राउ परेका आरोपितहरुसंगै लुटपाट गर्ने ४ जना भारतमा पक्राउ परेको जैसवारले बताए । लुटेरा समुहले जिल्लाको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोरमा हातहतियार देखाएर लुटपाट गरेका थिए ।

लुटपाटमा संलग्न ६ जनलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजना, चोरी, डकैती (लुटपाट) र संगठित अपराध मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए । प्रहरीले लुटेराहरुबाट विभिन्न स्थानबाट लुटपाट भएको मोबाइल, गहना लगायतका समानहरु समेत बरामद गरेको छ ।

प्रकाशित मिति: २०२४-११-२९ , समय : २१:१४:१४ , ३ हप्ता अगाडि