रेडियो गौशाला , ७४८ पटक हेरिएको
गौशाला- एम्बुलेन्समा लागुऔषध ब्राउनसुगर बोकेको आरोपमा प्रहरीले बर्दिबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. प्र. ०१-००२ झ. ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगरसहित एम्बुलेन्स चालक सिन्धुलीको मरिण गाँउपालिका-६ छाप बजारका ३३ वर्षीय सबिन कुमार लाखे र सोही एम्बुलेन्समा सवार सिन्धुलीको साङवा नगरपालिका-४ का २४ वर्षीय संजिब पुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ।
गोप्य सूचनाका आधारमा चेकजाँच क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
सिन्धुलीको मरिण गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो।
प्रकाशित मिति: २०२४-११-२९ , समय : ०८:५६:३४ , ३ हप्ता अगाडि