महोत्तरी उपनिर्वाचन : दुई उम्मेदवारले लिए नाम फिर्ता

रेडियो गौशाला , ११७२  पटक हेरिएको

गौशाला- महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदको लागि मनोनयन दर्ता गरेकामध्ये दुईजनाले नाम फिर्ता लिएका छन्। जनमत पार्टीबाट उम्मेदवारी दर्ता गरेका ललिन्द्रकुमार साह र स्वतन्त्र उम्मेदवार बिबलेन्द्रकुमार यादवले नाम फिर्ता लिएका हुन्।

वडाध्यक्ष एक पदका लागि आठ दलसहित २० जनाले मनोनयन दर्ता गराएका थिए। अब १८ जना मात्रै उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जनाएका छन्।
यस्तै उजुरी, छानबिन, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत प्रक्रिया पूरा भई उम्मेदवारहरूले आज चुनावचिह्न पाएका छन्।

दलबाट उम्मेदवारी दिएकाहरूले दलकै चिह्न पाएको तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगबाट जारी भएको चिह्न रोजेर लिएको उनले बताए।

चुनावचिह्न प्रदानपछि उम्मेदवारहरू औपचारिक रूपमा बिहीबारदेखि मतदातासँग मत माग्न सुरु गर्दै छन्।

प्रकाशित मिति: २०२४-११-२१ , समय : ०६:३३:१२ , १ महिना अगाडि