रेडियो गौशाला , ६३९ पटक हेरिएको
मलंगवा : सर्लाहीबाट बिल बिजक शंकास्पद देखिएको १९ लाखको लसुनसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो (मंगलबार) जिल्लाको बह्मपुरी गाउँपालिका–५, सखुअवाबाट उक्त परिमाणको लसुनसहित ट्रक नियन्त्रणमा लिइएको हो।
पश्चिम भेल्हीबाट पूर्व सखुअवाटोल हुँदै नेपाल भारत सीमा दशगजातर्फ जाँदै गरेको प्रदेश ०२–०४–००१ ख ००६९ नम्बरको ट्रक रोकेर चेक जाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएको बताइएको छ।
प्रहरीले उक्त ट्रक, ट्रकका चालक र बरामद भएको करिब साँढे ९ टन लसुन आवश्यक कारबाहीका लागि मलंगवास्थित जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित मिति: २०२४-११-२१ , समय : ०६:२७:२८ , १ महिना अगाडि