रेडियो गौशाला , २०५९ पटक हेरिएको
गौशाला – सर्लाहीमा लक्ष्मीपूजाको लागि बत्ती जडान गर्दा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
सर्लाही स्थित रहेको धनकौल गाउँपालिका–२ का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु छ ।
बिहीबार साँझ घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर सिंह गम्भीर घाइते भएका थिए ।
उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको थियो । अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-११-०१ , समय : ११:२२:५० , २ महिना अगाडि