रेडियो गौशाला , ३४२० पटक हेरिएको
काठमान्डौ – भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनलाई जमानत (धरौटीमा रिहाको आदेश) दिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो।
लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्या मुद्दामा छोटा राजनले जमानत पाएका हुन्। यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ।
छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा पनि सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ।
२०१८ मा मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य दोषी छोटा राजनसहित सबै नौ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
प्रकाशित मिति: २०२४-१०-२३ , समय : १८:२८:०५ , २ महिना अगाडि