सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष हृदय घातबाट वडाअध्यक्ष चौधरीको मृत्यु
रेडियो गौशाला ,
८९८ पटक हेरिएको
सप्तरी – सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आज आइतबार हृदय घातबाट भएर मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय चौधरीको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ।
यसअघि डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो | यस नगरपालिकामा कुल १० वटा वडा रहेका छन्।
प्रकाशित मिति: २०२४-१०-२० , समय : १८:१९:०१ , ६ महिना अगाडि