रेडियो गौशाला , २१६० पटक हेरिएको
नेहा साह
महोत्तरी गौशाला- बडादशैँको अवसरमा महोत्तरीको गौशाला नगरपालिका-५ स्थित गौशाला बजारमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति बिहिबार बिसर्जन गरिरहेको छ | माता भावानीको मुर्ति बिसर्जनका लागि ब्याण्ड बाजाको व्यास्ता समेत रहेको छ । दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष उपेन्दर साहले जानकारी दिए । गौशाला बजारबाट छट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई ब्रम्स्थान, जिरोमाइल चोक, पानिटयांकी, सोमंचोक, मल्हनिया पोखरी हुँदै नगर परिक्रमा गरी सेलाउन लागिएको हो । दुर्गा मूर्ति बिसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै नगर प्रहरीको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष साहले जानकारी दिए । बडादशैँको पुर्णिमा दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवी-देवतालाई बिहिबार बिहान; ८ बजे पण्डित पुजारीले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा बिसर्जन गरिदै छ ।
प्रकाशित मिति: २०२४-१०-१७ , समय : १०:५३:१७ , २ महिना अगाडि