राष्ट्रिय आधारभूत विधालय जमुनियामा नगर प्रमुख : डा. महताेद्वारा ९ काेठे भवनकाे शिलान्यास

रेडियो गौशाला , १६५५  पटक हेरिएको

गाैशाला, भदौ २ गते ।
महाेत्तरीकाे राष्ट्रिय आधारभूत विधालय (०-७) जमुनियामा ९ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको छ । आईतबार गाैशाला नगरपालिका – ७ स्थित राष्ट्रिय आधारभूत विधालय (०-७) जमुनियामा नगर प्रमुख : डा. दिपेन्द्र महताेद्वारा ९ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको हाे ।

भवनको शिलान्यास नगर प्रमुख : डा. दिपेन्द्र महताे र वडा अध्यक्ष : मनाेज चाैधरीले विधिवत रुपमा पुजापाठ गरि संयुक्त रुपमा शिलान्यास गरेका छन् । भवन निर्माणकाे काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख महताेले विधालय विदियाकाे मन्दिर हाे, मन्दिरभित्र कसैलाई राजनीति नगर्न आग्रह गरेका छन् । साथै अहिले समाजिक संजालमा जुन भ्रम छरिरहेकाे कि शिक्षा क्षेत्रमा राम्रो रिजल्ट नआउनुकाे कारण यसको जिम्मेवारी नगरपालिकाका जनप्रतिनिधि मात्र हाे भन्ने यस मैले के भनिरहेको छु शिक्षामा सुधार गर्ने जिम्मेवारी सबैले वहन गर्नुपर्नेछ ।

एकलै नगरले चाहेर हुँदैन । सबभन्दा बढी भुमिका अभिभावककाे छ । साथै यहाँका समाजका र विर्धाथीहरुकाे त्यति कै जिम्मेवारी हुनुपर्छ । प्रमुख महताेले बताउनुभयो । विधालयलाई अगाडि बढाउन समाजले सधै सहयोग गर्नुपर्छ भाैतिक पुर्वाधार काम हाेस आ शिक्षामा स्तर उन्नतिकाे काम हाेस नगरले एकलै चाहेर हुँदैन समाजलाई पनि अहम भुमिका खेल्नुपर्छ प्रमुख महताेले बताउनुभयो ।

विधालयमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाे कारण उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि नगरपालिकाकाे पहल तथा समन्वयमा संघीय सरकारकाे राष्ट्रिय योजना आयाेगद्वारा विनियोजित बजेटबाट १ करोड ९२ लाख ६८ हजार २ सय ६० रुपैया ७५ पैसा बराबर रकमको मिति : २०८१ असार १३ गते काठमाडौंकाे विपि कन्ट्रक्सनसँग ठेक्का सम्झौता भई अनुसार ९ काेठे भवन निर्माणकाे लागि शिलान्यास गरिएको नगरपालिकाका ईन्जिनियर अजय यादवले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा संघीय सांसद मा. लक्ष्मी महताे काेईरी, वडा नं. १२ काे अध्यक्ष : कुशेश्वर सिंह, वडा नं. ११ का अध्यक्ष रामपृत महताे, वडा नं. १० काे अध्यक्ष : विष्णु कुमार महताे, वडा नं. ९ काे अध्यक्ष : बद्री प्रसाद सिंह, राष्ट्रिय मा.वि. कान्तिबजारका पुर्व वि.व्य.स. का अध्यक्ष : रामचन्द्र सिंह कुशवाहा, नगर शिक्षा समितिका सदस्य जितेन्द्र सिंह, कुमरकान्त झा, वडा सदस्यहरु, ७ का पुर्व वडा अध्यक्ष : किसुनदेव कुवर, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापकहरु, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: २०२४-०८-१८ , समय : १६:३५:४२ , ४ महिना अगाडि