रेडियो गौशाला , १२९८ पटक हेरिएको
महाेत्तरी – औरही नगरपालिकामा नेपाल क्युनिष्ट पार्टी एमाले पार्टीको अैारही नगर कमिटीद्वारा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा सायाैंकाे सङ्ख्यामा पार्टीमा प्रवेश गरेको छ।
नेपाली काँग्रेसबाट औरही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका प्रत्याशी रहेको संताेष कुमार यादवा लगाएत विभिन्न पार्टी परित्याग गरि २६० जना नेपाल क्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेको एमालेका महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डल, विशिष्ट अतिथि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क)बाट निर्वाचित मधेस प्रदेशका सांसद एवं मधेस प्रदेशका भाैतिक पूर्वधार मन्त्री सराेज कुमार यादब, विशिष्ट अतिथि स्वास्थ मन्त्री शत्रुधन सिंह,अतिथि पुर्व गृह राज्य मन्त्री शारदा देवी थपा लगाएत जिल्लाका विभिन्न पार्टी प्रतिनिधिहरुकाे उपस्थित रहेको थियो ।
प्रकाशित मिति: २०२४-०८-१७ , समय : ११:१४:३० , ५ महिना अगाडि