रेडियो गौशाला , ६९१ पटक हेरिएको
धनुषाधाम – धनुषामा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
शुक्रबार जिल्लाको मिथिला विहारी नगरपालिका– ९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका– ३ की १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । बालिका सन्ध्या यादव आफन्तको घरमा आएको बेला दिउँसो नुहाउन गएको अवस्थामा डुबेकी थिइन् ।
प्रकाशित मिति: २०२४-०८-१७ , समय : ०९:१४:१२ , ४ महिना अगाडि