रेडियो गौशाला , ८०१ पटक हेरिएको
दैलेख – दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते हुनुभएको छ । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उहाँकी १४ वर्षीया छोरी रमा घाइते हुनुभएको हो ।
ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २०२४-०८-१६ , समय : १८:३८:०२ , ४ महिना अगाडि