नगर प्रमुख : डा. दिपेन्द्र महताेद्वारा एकै दिन २ वटा विधालयकाे १२ काेठे भवन निर्माणका लागि शिलान्यास

रेडियो गौशाला , ८१७  पटक हेरिएको

महोतरी – महाेत्तरीकाे राष्ट्रिय माध्यमिक विधालय कान्तिबजारमा १२ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको छ । बिहीबार गौशाला नगरपालिका १२ स्थित कान्तिबजारमा राष्ट्रिय माध्यमिक विधालयकाे १२ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको हाे ।

भवनको शिलान्यास नगर प्रमुख : डा. दिपेन्द्र महताे र विधालयका प्रधानध्यापक : राम स्नेही यादवले विधिवत रुपमा पुजापाठ गरि संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख महताेले विधालय विदियाकाे मन्दिर हाे, मन्दिरभित्र कसैलाई राजनीति नगर्न आग्रह गरेका छन् । साथै विधालयलाई अगाडि बढाउन समाजले सधै सहयोग गर्नुपर्छ भाैतिक पुर्वाधार काम हाेस आ शिक्षामा स्तर उन्नतिकाे काम हाेस नगरले एकलै चाहेर हुँदैन समाजलाई पनि अहम भुमिका खेल्नुपर्छ प्रमुख महताेले बताउनुभयो ।

विधालयमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाे कारण उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि नगरपालिकाकाे पहल तथा समन्वयमा संघीय सरकारकाे राष्ट्रिय योजना आयाेगद्वारा विनियोजित बजेट २ करोड ५१ लाख २५ हजार ६ सय ६० रुपैया ४८ पैसा बराबर रकमको मिति : २०८१ असार ११ गते जनकपुरकाे सुहानी निर्माण सेवा प्रा.लि. सँग ठेक्का सम्झौता भई अनुसार १२ काेठे भवन निर्माणकाे लागि शिलान्यास गरिएको ईन्जिनियर

शिलान्यास कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष : दिनेश महताे, वडा अध्यक्ष : कुशेश्वर सिंह, वडा नं. ११ का अध्यक्ष रामपृत महताे, वडा नं. १० काे अध्यक्ष : विष्णु कुमार महताे, पुर्व वि.व्य.स. का अध्यक्ष : रामचन्द्र सिंह कुशवाहा, नगर शिक्षा समितिका सदस्य जितेन्द्र सिंह, उमेश महताे, कुमरकान्त झा, वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापकहरु, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

साथै गाैशाला नगरपालिका – ९ स्थित श्री जनता आधारभुत विधालय (०-८) कनकपुर, विषहरपुरमा समेत १२ काेठे भवन निर्माणकाे लागि नगर प्रमुख : डा. दिपेन्द्र महताे र वडा अध्यक्ष : बद्री प्रसाद सिंहले विधिवत रुपमा पुजापाठ गरि संयुक्त शिलान्यास गरेका छन् ।

यस भवन निर्माणका लागि पनि नगरपालिकाकाे पहल तथा समन्वयमा संघीय सरकारकाे राष्ट्रिय योजना आयाेगद्वारा विनियोजित बजेट २ करोड ६० लाख ३९ हजार ६ सय ४७ पैसा बराबर रकमको मिति : २०८१ असार ११ गते जनकपुरकाे सुहानी निर्माण सेवा प्रा.लि. सँग ठेक्का सम्झौता भएका छन् । सम्झौता अनुसार नै १२ काेठे भवन निर्माणकाे लागि शिलान्यास गरिएको ईन्जिनियर : अजय यादवले जनाएको छ । दुईवटै विधालयकाे भवन निर्माणका काम १८ महिनामा सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित मिति: २०२४-०८-१५ , समय : १६:४५:२९ , ५ महिना अगाडि