रेडियो गौशाला , १७११ पटक हेरिएको
महोत्तरी गौशाला – महाेत्तरीकाे गाैशालामा सोमबारदेखि मालपोत कार्यालय संचालनमा आएको छ । गाैशाला नगरपालिका – ५ स्थित गाैशाला बजारमा सोमबारदेखि मालपोत कार्यालय संचालनमा ल्याएको हाे।
गत साता जलेश्वरबाट मालपोत कार्यालयबाट स्रेस्ता (मोठ) ल्याएपछि सोमवारबाट कार्यालयको कामकाज सुचारु भएको हो ।
मालपोत कार्यालय गौशालाले आफ्नो सेवा प्रारम्भ गरेको छ । सेवा प्रारम्भको सुरुवात प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ज्युको हातबाट पहिलो रजिस्ट्रेसन गरि जग्गा खरिदबिक्री गर्ने जग्गा धनिलाई लालपुर्जा वितरण गर्नुभयाे ।
वि.सं. २०७८ साल बैशाख १७ गतेका दिन कार्यालय स्थापना भएतापनि लामो समयदेखि प्राविधीक कारणवश यस कार्यालयबाट सेवा सुचारु हुन सकेको थिएन् । यहाँका सेवाग्राहीहरुले सदरमुकाम जलेश्वरबाट सेवा लिनका लागि वाध्य थिए।
अथक प्रयासपछि यहाँ कार्यालय स्थापना गर्नका लागि सफल भएको हाे । कार्यालय संचालनमा आएपछि यहाँका सेवाग्राहीहरु हर्षित भएका छन् अब समय र पैसाको बचत हुने भएपछि जग्गाको कारोवारका लागि समस्या नहुने भएपछि सर्वसाधारणहरु खुशी भएका छन् ।
क्रमिक रुपमा कर्मचारी लगायतका आवश्यक बन्दोवस्ती गरिदै जाने र तत्कालको लागि कार्यालयबाट सेवा उपलब्ध गराउन सफल भएको मालपोत कार्यालय प्रमुख दिपेन्द्रकुमार झाले बताए ।
कार्यालय स्थापना गर्न यहाँबाट नेतृत्व गर्ने संघीय सांसद मा. लक्ष्मी महाताे काेईरी, पुर्व मन्त्री गिरिराजमणि पाेखरेल, प्रदेश सांसद मा. भरत प्रसाद शाह, नगर प्रमुख डा. दिपेन्द्र महताे लगायत निर्वाचित जनप्रतिनिधीहरु, कर्मचारीहरु, नागरिक समाजका अगुवा, पत्रकार, व्यापारी लगायत पार्टीका प्रतिनिधीहरुकाे अहम भुमिका रहेको छ । जसले गर्दा अनेकौ व्यधा व्यवधान आएपनि सबैको मेहनेतको प्रतिफलले कार्यालय सुचारु भएका छन् ।
कार्यालय प्रमुख दिपेन्द्र कुमार झाले यहाँका कर्मचारीहरु स्वच्छ अनि सहज तरिकाले यस कार्यालय मातहतबाट उपलब्ध हुने कामकाजहरु गरिने उहाँले बताए । सबैको सहयोगमा हामीले कार्यालयबाट उपलब्ध हुने सेवा सुविधाहरु सेवाग्राहीलाई प्रदान हुनेमा झाले प्रतिवद्धता जनाएका छन् ।
नापी कार्यालयको सेवा चाँडै संचालनमा आउने :
गौशालामा चाँडै नै नापी कार्यालयबाट पनि सेवा सुचारु गरिने नापी कार्यालय महोत्तरीका प्रमुख किशन साहले बताएका छन । जलेश्वर नापी कार्यालयमा बुझि बु्झार्थ गरिदैँछौ । केही दिनमै गौशालाबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने उहाँले बताए ।
कार्यालय संचालनमा आएपछि गौशालाबासी लगायत यस भेगका जनताहरु धेरै खुशी छन । गौशालामा मालपोत तथा नापी कार्यालय नहुँदा जनसमुदायलाई टाढा गएर काम गर्नुपर्दा निकै खर्च हुने गरेको थियो । अब भने त्यस्ता समस्याबाट छुटकारा पाएका छन् । यस कार्यालयबाट गौशाला र औरही नगरपालिका र सोनमा र सम्सी गाउँपालिका बासीहरुले सेवा पाउने छन् । नापी र मालपोतको सेवा लिन सदरमुकाम जलेश्वर पुग्नुपर्ने बाध्यता हटेको छ ।
प्रकाशित मिति: २०२४-०८-१३ , समय : ०९:३१:१२ , ५ महिना अगाडि