रेडियाे गाैशाला , १६६२ पटक हेरिएको
महोत्तरी – महोत्तरीमा राति ९ बजेपछि देउसीभैलो खेल्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलो लगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ । तर, त्यसबाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए। शुभ दिपावली एवं छठ लगायत चाडपर्व भब्य एवं सभ्य रुपमा शान्तिपूणर् बाताबरणमा मनाउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेका छन् ।
साथै चाडपर्वको समयमा पटका, आतिसवाजी,जस्ता प्रज्वलनशिल पदार्थ पडकाउने,किनबेच तथा ओसार पसार गर्ने जवातास खेल्ने/खेलाउने जस्ता कार्य नगर्न /नगराउन तथा कानुनले निषेध गरिएको कार्य नगर्ने न गराउन सम्पुणर् जिल्ला बासीहरुमा अनुरोध गरिएको छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आआफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी भैलो कार्यक्रम गर्न समयसीमा राख्ने र नराख्ने बारे निणर्य गर्न भनेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन् ।
प्रकाशित मिति: २०२२-१०-२५ , समय : ११:०८:०३ , २ वर्ष अगाडि