रेडियो गाैशाला १३ वर्ष पुरा गरि १४ वर्षमा प्रवेश

रेडियो गौशाला , ६२२  पटक हेरिएको

महोत्तरी – रेडियो गौशाला आजबाट १४ वर्षमा प्रवेश गरेको छ । विकासका लागि सामुदायिक युवा केन्द्रद्वारा सञ्चालित रेडियो गाैशाला ९३.६ मेगाहर्जले सफलतापुर्बक १३ वर्ष पार गरेर १४ वर्षमा प्रवेश गरेको छ ।२०६७ फाल्गुन २७ गते विकासका लागि सामुदायिक युवा केन्द्र स्थापना भई २०६८ साउन १५ गते महाेतरी जिल्लाकाे गाौशाला नगरपालिका वडा नम्बर ५ मा स्थापना भएको पहिलाे रेडियो हाे ।

रेडियोले विभिन्न किसिमका विकासकाे कामहरु गर्नुका साथै शिक्षाबाट बञ्चित भएका दलित बस्तीमा भएका बालबालिकाहरुलाई टयुसनकाे व्यवस्था गरि विधालय सम्म पुर्‍याएर सहयोग गर्दै अाई रहेको र अागामी दिनमा समाजमा भएको विकृतिहरुलाई उजागर गर्ने, विकासका लागि सामुदायिक युवा केन्द्रका अध्यक्ष अजय साहले बताए । अागामी दिनमा याे भन्दा पनि राम्रो काम गर्दै जाने र रेडियोकाे लागि अामनागरिकबाट अाएका सुझाबहरु समटेर लैजाने प्रतिबद्धता जनाए ।

१४ वर्षमा प्रवेशमा गरेको उपलक्ष्यमा रेडियोकर्मी,संचारकर्मी,ग्राहकवर्ग, राजनीतिकर्मी,समाजसेवी,वृद्धिजिवी,शिक्षकशिक्षिका,विधार्थी भाईबहिनीहरु लगाएत सर्वसधारणहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२४-०७-३१ , समय : ०८:३७:०७ , ६ महिना अगाडि