रेडियो गौशाला , १०४३ पटक हेरिएको
काठमाडौं – गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको छ।
साउन ५ मा आएको भारतीय टोली भने ८ दिनको प्रयासमा पनि बस भेट्टाउन असफल भएपछि आइतबार फर्किसकेको छ।
गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् ।
नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १८ दिनसम्म पनि दुई बस तथा ३८ यात्रु अझै फेला पर्न नसकेका हुन् ।
दुई बसमा गरी ६५ जना रहेकोमा तीनजनाले हामफालेर ज्यान जोगाएका थिए भने २४ जनाको शव भेटिएको छ । अझै दुई बस र ३८ यात्रु बेपत्ता छन् ।
प्रकाशित मिति: २०२४-०७-३० , समय : ०९:३७:४२ , ६ महिना अगाडि