रेडियो गौशाला , ९०७४ पटक हेरिएको

काठमान्डौ – पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्। राम माथि ज्यान सम्बन्धी कर्तव्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

प्रकाशित मिति: २०२४-०६-२५ , समय : १८:२०:४६ , १० महिना अगाडि