औरही नगरपालिकाको १४ औ नगरसभा सम्पन्न ५६ करोड २१ हजारको बजेट

रेडियो गौशाला , ६१९३  पटक हेरिएको

महोत्तरी- महोत्तरीको  औरही नगरपालिकाको  १४ नगरसभा सम्पन्न भएको छ |  औरही नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ५६ करोड २१ हजारको बजेट सार्वजनिक गरेको छ। औरही नगरपालिकाको सोमवार सम्पन्न १४ औंं नगरसभामामा नगर प्रमुख प्रदिप कुमार खड्काले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

 

प्रस्तुत बजेटमा कार्यालय संचालन तथा प्रशासनिक खर्च ९ करोड ३७ लाख, शिक्षा तथा खेलकुद तर्फ(चालु) १० करोड,४ लाख २२ हजार, शिक्षा तथा खेलकुद तर्फ( पुँजीगत) श्री प्रसाद नमुना बिधालय र अन्य बिधालयको लागि १ करोड ५५ लाख,स्वास्थ तर्फ(चालु) ५ करोड ४४ लाख ९२ हजर,स्वास्थ तर्फ(पुँजीगत) १५ बेड अस्पताल र वडा स्तरीय आधारभुत स्वास्थ चौकी ९ करोड ५१ लाख,कृषि तथा पशुपंछी तर्फ ३८ लाख ७४ हजरा,गरिबी निवारण १० करोड ६० लाख, उद्योग तथा रोजगार प्रवर्द्धन तर्फ ६९ लाख ५७ हजर,पूर्वधार तर्फा(सडक निर्माण,सडक ढलान,अन्य) १० करोड,बसती बिकास(दलित आवास कार्यक्रम) २ करोड ५० लाख,वडा कार्यालय भवन निर्माण(समपुरक अनुदान) १ करोड,प्रदेश सरकार प्राप्त अनुदान समानीकरण शसर्त,बिशेष,समपुरक अनुदान २ करोड १७ लाख ६० हजार,आन्तरिक तर्फ (आय,कर,राजस्व) १ करोड ५० लाख,संघीय सरकार बाट अन्य निर्माण २ करोड ७१ लाख ४६ हजार गरेर कुल बजेट ५६ करोड २१ हजारको बजेट रहेको नगरप्रमुख खड्काले जानकारी दिए। नगरप्रमुख खड्काले प्रस्तुत गरेकाे अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाईजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिए ।

 

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णको प्रमुख आतिथ्यतामा आयोजित नगरपालिकाको १४ औँ नगरसभाको उद्घाटन समारोहमा प्रदेश सांसदहरु जयनुल राईन,महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसी ,नगर उपप्रमुख रेणु झा, नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०२४-०६-२५ , समय : ११:२५:०७ , ७ महिना अगाडि