रेडियो गौशाला , ११५० पटक हेरिएको
जनकपुर – जनमत पार्टीले सतिश सिंहलाई मुख्यमन्त्री बनाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सचिव बीपी साहले बताए ।
जनमत पार्टीले संसदीय दलका नेता महेश यादवलाई पन्छाएर सिंहको पक्षमा निर्णय गरेको हो । २०७९ को प्रदेश सभा निर्वाचनमा सिंह सप्तरी २ (१) बाट निर्वाचित भएका थिए ।
पार्टीभित्र यादव समुदायभन्दा बाहिरबाट मुख्यमन्त्री बनाइनु पर्ने तीव्र दबाबका कारण सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको एक नेताको दाबी छ ।
उनका अनुसार मुख्यमन्त्री बनाउने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिइएको थियो ।
राउतको चाहना बमोजिम मुख्यमन्त्रीका लागि सिंह छानिएको ती नेताको दाबी छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राखेको विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाबाट पारित हुन नसकेपछि उनी स्वतः पदमुक्त भएका थिए । बुधबार राति नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरेकी छिन् ।
एमाले, माओवादी केन्द्र लगायतका दलहरूले यसअघि नै मुख्यमन्त्री जनमतलाई दिने सहमति गरिसकेका छन् ।
प्रकाशित मिति: २०२४-०६-०६ , समय : १५:२७:४६ , ७ महिना अगाडि