रेडियो गौशाला , ११६४ पटक हेरिएको
जनकपुरधाम – गृहमन्त्री रबि लामिछानेको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रुपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताए ।
प्रकाशित मिति: २०२४-०६-०२ , समय : १७:३६:४८ , ७ महिना अगाडि