रेडियो गौशाला , ७४०८ पटक हेरिएको
काठमाण्डौ – नेपालमा रहेको अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने बताएको छ ।
दूतावासले संयुक्त राज्य अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अत्यन्तै उत्साहित रहेको बताउँदै प्रस्थानपूर्व यो टोलीको सराहना र प्रोत्साहन समेत गरेको जनाएको छ ।
उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासले उल्लेख गरेको छ । पछिल्लो समय टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका सन्दीपलाई भने दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । यसबारे थप टिप्पणी नगर्ने दूतावासले जनाएको हो ।
प्रकाशित मिति: २०२४-०५-२३ , समय : १७:२१:०४ , ७ महिना अगाडि