जनकपुरबाट आउदै गरेको बस जलेश्वरमा डिभाईडरमा ठोकियो,यात्री सुरक्षित

रेडियो गौशाला , १८०९  पटक हेरिएको

महोत्तरी –   जनकपुरबाट जलेश्वर आउदै गरेको ना३ख २८७८ नं सुपर सफारी डिलक्स बसको स्टेरिंग फेल हुदा बस जलेश्वर नगरपालिका २ स्थित सिनेमा हल चौकमा छेउको डिभाईडरमा ठोक्किएको छ । यात्रूले भरिएको बस जलेश्वर आईपुग्न लाग्दा अगाडीको दुईतिरको चक्कालाई जोरेर राख्ने टाइरोड गोली छुट्टिएर स्टेरिंग फेल हुदा बस अनियन्त्रित भई डिभाईडरमा ठोक्किएको हो ।

ट्राफिक प्रहरी कार्यालय जलेश्वरका ईन्चार्ज सब ईन्स्पेक्टर रमेश श्रेष्ठले दुर्घटनामा यात्री घाईते हुनबाट जोगिएको बताए । उनले बसमा सामान्य क्षति भएपनि यात्रु पुणर् सुरक्षित रहेको बताए ।

जनकपुर जलेश्वर रुटमा अधिकांश पुरानो सवारी साधन सार्वजनिक यातायातमा प्रयोग हुदा प्राय गाडीहरु दुर्घटना भैरहेपनि यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको र यात्रुहरुले दैनिक ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको सोहि बसमा सवार यात्रीहरुको गुनासो छ ।

 

प्रकाशित मिति: २०२४-०५-२० , समय : १६:५२:५९ , ८ महिना अगाडि