मकैबारीभित्र युवक मृत अवस्थामा फेला

रेडियो गौशाला , ९९३  पटक हेरिएको

सर्लाही –     र्लाहीको  ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका-२ निवासी  अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् । 

बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रनाउ श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

प्रकाशित मिति: २०२४-०४-२७ , समय : १७:०५:४५ , १२ महिना अगाडि