राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

रेडियो गौशाला , १३५८१  पटक हेरिएको

जलेश्वर, चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गरेका छन् ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन् ।

सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता देशका धरोहर हुन् भन्दै उनीहरूप्रति सबैको श्रद्धाभाव हुनुपर्ने बताए। उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरूले देखाउनुभएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिए।

प्रकाशित मिति: २०२४-०३-१६ , समय : १३:३९:५० , ९ महिना अगाडि