रेडियो गौशाला , ८७८५ पटक हेरिएको
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक सदनबाट विश्वासको मत लिएका छन् ।
उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।
गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् ।
मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।
यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् ।
प्रकाशित मिति: २०२४-०२-१८ , समय : १९:२४:०९ , १० महिना अगाडि